२ माघ २०८१, बुधवार

कोशी अस्पतालमा उपचाररत ६ जनामा कोरोनाको रिपोर्ट दुई पटक नेगेटिभ, बुधबार डिस्चार्ज गरिदै

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जनामध्ये ६ जनामा दोस्रो र तेस्रो पटक पनि कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।
उदयपुरको भुल्केबाट बैशाख ५ र ६ गते अस्पतालमा ल्याएर भर्ना गरिएका १३ जनामध्ये ६ जनामा कोरोना भाईरस नेगेटिभ देखिएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार दोस्रो र तेस्रो पटकको परीक्षणमा समेत कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार विहान घर पठाईने भएको छ । कोरोना परास्त गर्नेहरुमा ३० , २९ २८ , २१ , ३४ र २६ वर्षीय ब्यक्ती रहनु भएको सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
कोरोना भाईरस नेगेटिभ देखिएका ६ जनालाई रानीस्थित मस्जिदमा रहेको क्वारेन्टाइनमा सारिने कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना परास्त गरिसकेका उनीहरुको थप एउटा रगत परीक्षण समेत आज रातभरमा गरिने छ ।
सुरुका १३ जनाको यस अगाडि स्वाब संकलन गरि परीक्षण गरिएको छ । त्यसपछि पुनः दोस्रो पटक सोमबार स्वाब संकलन गरिएको थियो । दोस्रो स्वाबमा ६ जनामा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिने तयारी गरिएको छ । सोमबार नै अस्पतालमा भर्ना भएका थप १५ जनाको समेत स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति: २३ वैशाख २०७७, मंगलवार २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु