धुलिखेल नगरले कोभिड १९ कारण स्थानिय सरकारको योजना र कार्यक्रममा पर्ने प्रभाब न्युनिकरण गर्न प्रारम्भ
धुलिखेल । धुलिखेल नगरले को कोभिड १९ कारण स्थानिय सरकारको योजना र कार्यक्रममा पर्ने प्रभाब न्युनिकरण गर्न छ्लफल प्रारम्भ गरेको छ । धुलिखेल नगरपालिकाले कोभिड १९ महामारी पछिको आर्थिक वर्ष २०७७/२०७८ को बजेट तथा योजनाका बारे छलफल गरेको छ । स्थानीय तहमा हाल संचालित योजना र कार्यक्रममा पर्ने प्रभाब न्युनिकरण गर्न चाल्नुपर्ने कदमका बारेमा नगरपालिकाभित्रका वडाध्यक्ष र कर्मचारी बीच सम्भावित योजना र कार्यक्रमका बारे छलफल गरेको धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको योजना र आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजनामा तथा निति कार्यक्रममा निक्कै भिन्नता आउने भन्दै नगरपालिकाले छलफललाई प्राथमिकता दिएको हो । नगर प्रमुख ब्याञ्जुले आगामी वर्षको बजेट तथा कार्यक्रम कोरोना महामारी पछि आम नगरबासीले भोगेको समस्या र समस्या समाधानमा केन्द्रित हुने कुरा बताउनु भयो ।
उहाँका अनुसार यस आर्थिक वर्षमा चालुरहेको कतिपय योजनाहरु फेरबदल हुनसक्छन् । यसरी फेरबदल हुने विकास निर्माणका योजनाहरु आगामी वर्षमा दोहोरिए पनि रुपरेखा बलदिलन सक्छ । ‘कोरोना महामारी पछि पर्यटन, कृषि, शिक्षा लगायतका क्षेत्र निकै नराम्रोसँग प्रभावित भएका छन्, नगर प्रमुख ब्याञ्जुले भन्नुभयो ‘महामारी पछि सञ्चालन गर्ने विकास निर्माणको बजेट तथा नगरले अबको समयमा लिनुपर्ने नीति कार्यक्रमकाबारे छलफल सुरु गरेका हौँ ।’
स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट बनाउने बेला समेत आइसकेको छ । वडाका गाउँ बस्तीबाट आउने योजना समेत रुपान्तरित ढंगबाट कसरी ल्याउन सकिन्छ भनेर वडाका जनप्रतिनिधिहरुको राय लिएको मेयर ब्याञ्जुले बताउनु भयो । अब कोरोना महामारीपछि देशले ठूलो आर्थिक क्षति ब्यहार्नु पर्ने र त्यसलाई सम्बोधन गर्न सकिने विविध उपायका बारे छलफलको दायरालाई ब्यापक बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । ‘अबको चुनौती निकै ठूलो हुनसक्छ, नगर प्रमुख ब्याञ्जुले भन्नुभयो ‘हरेक स्थानीय तहहरुले आगामी दिनलाई हेरेर नीति, कार्यक्रम र बजेट बनाउन जरुरी छ तथा नागरिकको दैनिक समस्यालाई पनि नजरअन्दाज गर्न मिल्दैन, समयमै नागरिकलाई पनि सुशुचित गराउन आवश्यक छ ।’
प्रकाशित मिति: २३ वैशाख २०७७, मंगलवार २०:०८ बजे