थप एकजनामा कोरोना संक्रमण, कुल संक्रमित १०२ पुग्यो
काठमाडौं । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।
प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रवार १८:५७ बजे