कपिलवस्तुमा एक स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित
कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत २५ वर्षीया एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।
अस्पतालमा नौजनाको स्वाब सङ्कलन गरिएकोमा एक स्वास्थ्यकर्मीलाई मात्र पोजिटिभ देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको हो । अन्य आठजनाको रिर्पोट नेगेटिभ आएको छ ।
कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरूको थ्रोट स्वाब सङ्कलन गर्ने क्रममा उहाँको कोरोना पुष्टि भएको हो ।गोरखापत्रबाट
प्रकाशित मिति: ३० वैशाख २०७७, मंगलवार २०:३३ बजे