अनेरास्ववियू र राष्ट्रिय युवा संघले आफ्नो स्थापना दिवसमा खाद्य सामाग्री हस्तान्तरण
काभ्रे । कोरोना भाइरसको महामारीमा आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै अनेरास्ववियूको ५५ औं र राष्ट्रिय युवा संघ नेपालको ३० औं स्थापना दिवसको अवसरमा दुवै संगठनको जिल्ला कमिटीको आयोजनामा खाद्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको गरेको छ ।
सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै अहिले कोरोना महामारीको विषम परिस्थितिमा औपचारिक कार्यक्रम गर्न नसकिने भएकाले खाद्यान्न सामाग्री वितरण गरिएको अनेरास्ववियू काभ्रे संयोजक उपेन्द्र शर्माले बताए । उनका अनुसार खाद्यान्न सामाग्री अन्र्तगत ५ बोरा चामल, ७ केजि दाल, ५ लिटर तेल, १ प्याकेट नुन, मसला, खुर्सानी, मेथी, सरफ, लुगा धुने साबुन १ केजि र हातधुने साबुन (१५ वटा ), मसेउरा प्याकेट लगाएतको सामाग्री बितरण गरिएको थियो ।
कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै तीन टोलि बनाएर छुट्टाछुट्टै बितरण गरिएको अनेरास्ववियू केन्द्रिय सदस्य शालिकराम पराजुलीले जानकारी दिए । कार्यक्रम बिहीबार बनेपा नगरपालिका वडा नं ९ स्थित बौद्ध बृद्धाश्रम, बनेपा ११ नं वडामा स्थित अपांग बाल अस्पताल र धुलिखेल स्थित सिद्धार्थ बाल आश्रममा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल काभ्रेका संयोजक बिक्रम चौलागाईंले बताए ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य मुक्ति बिष्ट, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय नेता अमित लामा र भेशराज शाह, नेकपा संगठित सदस्य बिकास शर्मा तिमल्सिना, नेकपा बनेपाका नेता तथा वडा अध्यक्ष चन्द्र बहादुर खड्का लगायतले आर्थिक तथा खाद्यान्न सामाग्री सहयोग गरेका थिए ।
अनेरास्ववियू केन्द्रिय सदस्य जेनिश लामा, निरोज पाण्डे, सुन्दर खड्का, शालिकराम पराजुली, हरिश चन्द्र घिमिरे तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य भेषराज शाह, नेकपा नेता मुक्ति बिष्ट, विद्यार्थी नेता नवराज ढकाल र मुकुन्द लामिछाने, युवा नेता रत्न श्रेष्ठ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: १ जेठ २०७७, बिहीवार २२:३२ बजे