२६ असार २०८२, बुधवार

थप नौ जनामा कोरोना संक्रमण पुष्टि, कुल २५८ पुग्यो

काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकु र भेरी अस्पतालमा गरिएकाे परीक्षणबाट साे पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नैनापुरा १,३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

प्रकाशित मिति: २ जेठ २०७७, शुक्रवार ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु