२३ मंसिर २०८१, आइतवार

नेकपाको सचिवालय बैठक बालुवाटारमा सम्पन्न नीति तथा कार्यक्रमबारे सुझाव

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदका दुबै सदनमा सरकारका तर्फबाट आव ७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अन्तिम तयारी भईरहेको र त्यसका लागि केही महत्वपूर्ण सुझाव भए सो दिन माग गर्नुभएको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताउनुभयो ।
बैठकमा सहभागी नेताहरुले ले केही महत्वपूर्ण सुझावहरु दिएको उहाँले बताउनुभयो ।

साथै स्थायी कमिटिको बैठकबारे केही छलफल भयो कि भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफमा श्रेष्ठले त्यस विषयमा केही टुङ्गो नभएको र अब नीति तथा कार्यक्रम प्रस्तुत भए पछि सचिवालय बैठकमा छलफल हुने बताउनुभयो ।

प्रकाशित मिति: २ जेठ २०७७, शुक्रवार ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु