नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, कुल ३५७ पुग्यो
काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३५७ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।
देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सबै १८ देखि ४६ वर्ष उमेरका रहेका छन् ।
सोमबार बिहान पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् ।
हालसम्म परीक्षण अवस्था
३० हजार ७२३ पीसीआर
६९ हजार ५६० आरडीटी
बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर परीक्षण
बितेको २४ घण्टामा परीक्षण १ हजार ७९१ आरडीटी परीक्षण
प्रकाशित मिति: ५ जेठ २०७७, सोमवार १६:४९ बजे