लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्री परिषदको बैठकद्वारा पारित

काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो ।
१८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ ।
सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो । घोषणा गरेको ४ दिनमा सोमबारको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा प्रकाश गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: ५ जेठ २०७७, सोमवार १९:५६ बजे