१२ माघ २०८१, शनिवार

कालिमाटीको प्रहरी बृत्त सिल, अन्य वृत्तबाट सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन

काडमाडौं । महानगरीय प्रहरी वृत्तमा कालीमाटी कार्यरत दूई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरीका सो बृत्त सिल गरिएको छ ।
कालीमाटी स्थित वृत्त परिसर मै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटिका प्रमुख रुगम कुँबरले बताउनुभयो ।
टेकुस्थित प्रयोगशालाले मंगलबार एक जना सइ र एक जवानमा कोरोना संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।
हाल कालीमाटी बृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक बृत्त पनि रहेको र उनीहरुको खाने बस्ने एकै स्थानमा भएकाले त्यहाँ करीब दुई सय प्रहरी कार्यारत रहेको बताइएको छ । उहाँले संक्रमण देखिएका दुई जना कालीमाटी क्षेत्रमा सादा पोशाकमा काम गर्ने (घुमुवा) प्रहरी भएको बताउनुयभो ।
आजै स्वास्थ्य मत्रालयको टोलीले त्यहाँ कार्यरत सबैको स्वाबको नमुना लिने तयारी भएको कुँबरले बताउनुभयो ।अहिले सो क्षेत्रमा आसपासको सुरक्षामा अन्य बृत्तहरुबाट प्रहरी परिचाल गरिएको छ ।

प्रकाशित मिति: ७ जेठ २०७७, बुधवार १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु