२ माघ २०८१, बुधवार

कोरोना संक्रमितको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
एक २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएपछि संक्रमितको सम्पर्कमा रहेका ५६जनाको स्वाब संकलन गरिएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले बताए ।
कालीमाटीमा मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौँ गएको र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति: ६ जेठ २०७७, मंगलवार २२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु