पछिल्लो परीक्षण रिपोर्टमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, कुल ४४४ पुग्यो

काठमाडौं । पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ४४४ पुगेको छ । थप संक्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् । थप संक्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगर पालिका निवासी ५१ वर्षीय महिला हुनुहन्छ । उहाँहरूकाे स्वास्थ्य अबस्ता सामान्य रहेकाे छ ।
प्रकाशित मिति: ८ जेठ २०७७, बिहीवार ०९:३० बजे