१८ असोज २०८१, शुक्रवार

कोरोना संक्रमण अवधिभरी पत्रकारहरुको जोखिम बहनको लागि सिविक फोरमको जीवन बीमा सहयोग

काभ्रे । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामको अग्रमोर्चामा रहेर रिपोटिङ र सहयोग गरिरहनु भएको पत्रकारहरुको लागि सिविक फोरमले सहयोग गरेको छ । कोभिड–१९ संक्रमण अवधिभरी जोखिम बहनको लागि उनीहरुको जीवन बीमा गर्न आर्थिक सहयोग गरिएको सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखा सभापति श्री मोतिराम तिमल्सिनाले अग्रमोर्चामा रहेर रिपोटिङ गर्ने पत्रकारहरुको जीवन बिमाका लागि अनुरोध गर्नु भएको थियो । जसलाई संयोजन गैसस महासंघ नेपाल काभ्रे जिल्ला शाखा अध्यक्ष श्री टोम प्रसाद सापकोटाले गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघमा सदस्यता रहेको करिव १ सय ५० जना सदस्यहरु मध्ये ३० जना पत्रकारहरुको जीवन बीमा प्रिमियम भूक्तानीको लागि प्रति व्यक्ति ६ सयको दरले जम्मा हुन आउने एकमुष्ट सहयोग रकमको चेक पत्रकार महासंघ काभ्रेका सभापति श्री मोतिराम तिमल्सिनालाई हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत कुँवरले बताउनु भयो ।

चेक बुझ्दै सभापति तिमल्सिनाले यो सहयोगले यस महामारीको समयमा थप उर्जाका साथ काम गर्न हौंसला मिलेको र सहयोगका लागि सिविक फोरमलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रकाशित मिति: ९ जेठ २०७७, शुक्रवार २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु