१४ वैशाख २०८३, आइतवार

पाकिस्तान विमान दुर्घटनामा एकसय सात जना मारिए

काठमाडौँ । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना हुँदा सबैकाे मृत्यु भएको छ । यात्रुवाहक हवाइजहाज दुर्घटना हुँदा कम्तिमा ९९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको कराचीबाट उडान भरेको पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एयरबस ए ३२० प्राबिधिक त्रुटीको कारणले दुर्घटनाग्रस्त भएको हो ।
पाकिस्तानका वायुसेवा निगमका प्रवक्ता अब्दुल्लाह खानले सीएनएनसँगको कुराकानीमा विमान दुर्घटना हुनुअघि चालकले प्राबिधिक त्रुटीबारे जानकारी गराएको बताउनुभएको छ । विमान कराचीको आवासीय क्षेत्रभित्र दुर्घटना भएको हो । पाकिस्तानमा दुई महिनाको लकडाउनपछि गत् साता मात्रै घरेलु उडान सुरु भएको थियो । पाकिस्तानको लाहौरबाट उडान भरेको विमानमा ९९ यात्रु र नौ जना चालक दलका सदस्य सबार थिए ।

प्रकाशित मिति: ९ जेठ २०७७, शुक्रवार २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु