थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,कुल संक्रमित ५४८ पुग्यो

काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ । पछिल्लाे पटक संक्रमण पुष्टि भएकामा कपिलवस्तु मा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैंमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष हुनुहुन्छ ।
प्रकाशित मिति: १० जेठ २०७७, शनिवार १०:१८ बजे