१२ माघ २०८१, शनिवार

नहरमा डुबेर युवकको मृत्यु

भीमदत्त । नगरपालिका– ६ का २७ वर्षीय अशोक धामीको नहरमा डुबेर आज मृत्यु भएको छ ।

घर नजिकैको महाकाली सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।

नुहाउन गएका धामी नहरमा डुबेपछि स्थानीय बासिन्दा र प्रहरीले पाँच घण्टापछि शव फेला पारेको हो ।

मृतकको महाकाली अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: १० जेठ २०७७, शनिवार २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु