कृषकको समस्यामा धुलिखेल नगर खेत बारीमा
धुलिखेल । धुलिखेल नगरपालिका काे खेतबारीमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि कृषकहरु चिन्तित भएका छन् । कहिले नाम नसुनेको र नदेखेको किराले खेतबारीभरि लहलह फलेको मकै बालीका सबै पात र गुभो खाएपछि कृषकहरु चिन्तित भएका हुन् । एक महिनादेखि फौजी किराको प्रकोप बढेपछि मकै कसरी जोगाउने भन्ने चिन्तामा आफूहरु परेको उनीहरुको भनाइ छ ।
धुलिखेल नगरपालिका वडा नम्बर–८, लुईटेल गाउँ का कृषक शिव प्रसाद गाैतम ले बारीभरि लगाएको मकै किराले खान थालेपछि चिन्तित बनेको बताउनुभयो । दुई हजार रुपैयाँको मकैकाे बीउ किनेर बारीमा लगाएको मकै किराले खाएपछि आफू ठूलो नोक्सानमा परेकी बताउनुभयो । ‘बल्लतल्ल याे काेराेनाकाे समय मा बीउ किनेर बारीमा लगाएको मकै एक्कासि मर्न थाल्यो । आफ्नो मिहिनेत त खेर गयो । बाली पनि खेर गयो कृषक गाैतम ले गुनासो पोख्नुभयो । बाँकि रहेकाे मकै बालिमा नगरपालिका ले उपलव्ध गराएकाे किटनाषक अाैषधि छरेकाे छु, निरास हुँदै हेरै अाैषधि छरे पछि नियन्त्रण हुन्छ कि !
उहाँजस्तै सोही वडाका अर्का कृषक शिव चाैलागाईले दुःखले गोडमेल गरेको मकैका बिरुवा टुप्पोदेखि मर्दै गएपछि आफ्नो मिहिनेत खेर जाने चिन्ताले सताएको बताउनुभयो । उहाँले यतिका वर्षसम्म गाउँघरमा कहिल्यै नदेखिएको किराले मकैबाली नष्ट बनाएको बताउनुभयो । ‘किराले मकैको पात र गुभो खाएर सखाप पार्न थालेको छ । बारीका सबै बाली नष्ट बनाइसक्यो । हाल मकै बिउ पनि बजारमा पाउन छोडेको छ,’ कृषक चाैलागाईले भन्नुभयो । नगरपालिका ले अाैषधि घर घर मा ल्याईदिएकाे मा खुसि हुँदै नगरपालिका र नगरप्रमुख लाई असाेक व्यान्जु लाई धन्यवाद दिनु भयाे।
फौजी किराले अहिले धुलिखेल नगरपालिकाकाे धेरै ठाउँका मकैबालीलाई असर गरेको छ ।’ बजारका एग्रोभेटहरुमा विषादी पाउन छोडेको छ ।। ‘हामी किसानकाे मकैबाली कसरी जोगाउने भने चिन्ता मा छाै हामीले नगर भित्रकाे किसान हरु मा किटनासक अाैषधि वितरण गर्न सुरु गरेका छाै। याे लक डाउन काे समयमा घर घरमा मकै काे किरा नियन्त्रण गर्न किटनाषक अाैषधि पुर्याउन थालेका छाै। हामी किसानहरुकाे उत्पादन मा कुनै हिसाबले कमि अाउन दिने छैनाै। विउ,विजन,मलखाद, अाषधि ,प्राविधिक सल्लाह सुझाव सवै खाले सेवा उपलब्ध गराउछाै। नगर प्रमुख अशोक व्यान्जु ले बताउनु भयाे।
धुलिखेल नगरपालिकाको कृषकको खेत बारीमा लगाएको मकै फौजी किराले नस्ट गरिरहेको थाहा पाएपछि नगर उपप्रमुख बिमला शर्मा र नगरको कृषि प्राविधिक मन्दिल यगोल आज धुलिखेल ८ को किसानको खेतबारीमा जानुभएको थियो । धुलिखेल नगरपालिकाको अन्य वडा मा पनि यसैगरि जाने योजना बनाएको कुरा नगर उपप्रमुखले बताउनु भयो ।
धुलिखेल नगरपालिकाले किसानलाई हरेक कुरामा साथ दिने छ नगर प्रमुख अशोक अशोक व्यान्जु भन्नुभयो । धुलिखेल नगरपालिकाले केही समय अगाडि किसानलाई बिउ,कृषि औजार वितरण गरेको थियो ।साथै धुलिखेल नगरपालिकामा विभिन्न वडामा कृषि उत्पादन संकलन केन्द्र नि बनाएको छ ।
प्रकाशित मिति: १२ जेठ २०७७, सोमवार ०८:२२ बजे