२ माघ २०८१, बुधवार

काठमाण्डाैबाट हराएकाे स्कुटरसहित सिन्धुपाल्चाेकमा दुई जना पक्राउ

सिन्धुपाल्चाेक । काठमाण्डाैबाट हराएको स्कुटरसहित मेलम्चीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्चीका २३ वर्षीय अच्युत श्रेष्ठ र विकास तामाङ रहेका छन्।

काठमाण्डाै महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटर आइतबार प्रहरीले जाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो । प्रदेश ३–०२–००१प १९२७ नम्बरको स्कुटरलाई मेलम्चीमा प्रहरीले रोकेर जाँच गर्दा चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

चोरीको भनी शङ्का लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा त्याे स्कुटर गएकाे माघ १६ गते काठमाण्डौ गौचरनमा रहेको ग्यास र पानी आपूर्ति पसल अगाडिबाट हराएको तामाङले जानकारी दिनुभयो । स्कुटी काठमाण्डौ–३० बस्ने प्रभात थापाको भएको बुझिएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाण्डौमा आवश्यक कारबाहीका लागि पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: १२ जेठ २०७७, सोमवार ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु