५ माघ २०८१, शनिवार

कोरोना भाइरसका कारण नेपालमा थप एकको मृत्यु , स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा थप एकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

नियमित प्रेस मिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसको पुष्टि गरेका हुन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल)मा उपचारको क्रममा उनको बुधबार मुत्यु भएको थियो । ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको हो । उनी कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए ।

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीवार १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु