धुलिखेलका युवाहरु द्वारा ‘रुकुम घटनाको दोषिलाई तत्काल कारबाहीको माग
धुलिखेल । धुलिखेलको युवाहरुले रुकुम घटनाका दोषिलाई तत्काल कारबाही गर्न माग गरेका छन् । स्थानीय युवाहरु को अगुवाइमा भेला भएका युवाहरुले घटनालाई निन्दनीय रहेको भन्दै छानविन गरेर दोषीमाथि प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।
उक्त कार्यक्रममा जातिय हिंसा विरुद्धको विभिन्न प्लेकार्ड बोकेर युवाहरुले विरोध जनाएका छन् । विरोध कार्यक्रममा प्रो राईडर समूह पनि उल्लेखिय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै स्थानीय युवा सीबी तामाङले ” जातियताको नाममा हुने कुनै पनि हिंसा युवा पुस्तालाई स्वीकार्य नहुने कुरा बताए । ‘समाजमा जडकिएर बसेको जातिय विभेदलाई युवा पुस्ताले चिर्नुपर्छ, तामाङले भने ‘यो समाज रुपान्तरणको बाधक हो, यसलाई चिर्न युवाहरुले विशेष भुमिका खेल्नुपर्छ, आफ्नो घर, टोल, छरछिमेकमा जातियता विरुद्धको गतिविधि सञ्चालन गर्न आवश्यक छ ।’
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ बर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यस बेला केटी लाने पक्ष नवराज विकको समूहलाई कुटपिट गरको थिए उक्त घटनामा ६ जनाको शव भेरी नदीमा भेटिएको थियो ।
प्रकाशित मिति: २२ जेठ २०७७, बिहीवार २२:१५ बजे