२१ असोज २०८१, सोमवार

सुर्खेतमा विहीबार मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणका कारण एक जना युवाको मृत्यु भएको छ । क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार उनी घर फर्किएका थिए । तर उनको बिहीबार बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो ।
उनी घर फर्किएपछि गाउँमै रहेको सामुदायिक भवनमा बसेको र उनको त्यही मृत्यु भएको हो । एक हप्ता परिवारसँग टाढा भएर बस्न सुझाव दिएपछि उनीसहित पाँच जना सोही भवनमा बसेका थिए ।
उनी पञ्चपुरी नगरपालिका वडा १ हाँसे गाउँका २० बर्षिय युवा हुन । उनी जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वारेन्टीनमा बसेका थिए । उनको मृत्यु भएपछि बिहिबार स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि वीरेन्द्रनगर ल्याइएको थियो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो । उहाँले स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शब व्यवस्थापन गर्न परिचालन भइसकेको बताउनुभयो ।
निजको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक रुपमा पुष्टि गरेको छैन ।
स। यस अघि दैलेखका एक युवाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । कर्णालीमा अहिलेसम्म तीनसय ८९ जनामा कोरोना संक्रमण भएको छ ।

प्रकाशित मिति: २३ जेठ २०७७, शुक्रवार १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु