१८ असोज २०८१, शुक्रवार

धुलिखेलका किसानलाई ट्याक्टर र घाँस काट्ने मिसिन वितरण

धुलिखेल ।  कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्रलाई संकट निम्त्याएको अवस्थामा स्थानीय सरकारहरुले जनताहरुलाई आत्मनिर्भर, रोजगार र उत्पादनमुखी कार्यक्रममा जोड दिन थालेका छन् ।

आज एक कार्यक्रमकाबीच धुलिखेल नगरप्रमुख अशोक व्याञ्जुले नगरपालिकाको वडा नं. ११ का किसानहरुलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गर्नु भएको छ ।

नगरप्रमुख व्याञ्जुले धुलिखेल वडा नम्बर ११ मा ११ वटा खेत खन्ने हाते ट्याक्टर र ११ वटा घाँस काट्ने मेसिन वितरण गर्नुभयो । ट्याक्टर र घाँस काट्ने मेसिन किसानहरुलाई ५० प्रतिशन अनुदानमा वितरण गरिएको वडा अध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो ।

अहिले मानौँ रोपेर मुरी उब्जाउने खेतिपातीको समय भएकोले किसानको समस्यालाई मध्यनजर गरि नगरपालिकाले किसानलाई कृषि सामाग्री वितरण गरेको वडा अध्यक्ष धितालले बताउनुभयो ।

हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गर्दै नगर प्रमुख व्याञ्जुले सामाग्रीको सदुपयोग गरि कृषि पेशालाई सहज बनाउन किसानहरुसँग अनुरोध गर्नु भयो ।

कोरोना भाईरसका कारण लकडाउनमा कृषि क्षेत्र समेत नराम्रोसँग प्रभाव पारेको अवस्थामा स्वास्थ्य अनुशासनलाई कायम गर्दै खेतीपातीमा लाग्न किसानहरुलाई उहाँले अनुरोध गर्नुभयो । खेतीपाती गर्नको लागि आफूलाई आवश्यक पर्ने कृषि सामाग्री पाएपछि किसानहरु खुशी भएका छन्।
तीन सय घरधुरीलाई किटनासक औषधि वितरण

यसैबीच आजै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नं. ९ मा मकैमा लाग्ने किरा नियन्त्रण गर्न किसानहरुलाई किटनासक औषधि वितरण गर्नु भयो । सो वडाका तीन सय घर धुरीलाई उक्त औषधि वितरण गर्नु भएको हो ।

पछिल्लो समयमा अमेरिकी फौजी किराका कारण मकै बाली नष्ट हुने पुगेको छ । नगरपालिकाको उक्त कार्यबाट किसानले राहत महसुस गरेका छन् ।

यसअघि धुलिखेल नगरपालिकाले अन्य वडामा पनि मकैमा लाग्ने फौजी किरा नियन्त्रणका लागि औषधी वितरण गरेको थियो उक्त वितरण कार्यमा नगर उपप्रमुख विमला शर्मा सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २६ जेठ २०७७, सोमवार २२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु