२५ असोज २०८१, शुक्रवार

पछिल्लो २४ घन्टामा थप ११७ डिस्चार्ज, निको हुनेको संख्या १ हजार १५८ पुग्यो

काठमाडौँ । नेपालमा थप ११७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ११७ कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आइसोलेसन सेन्टर सरतालिया बाँकेबाट १० जना, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना, नारायणी अस्पताल वीरगञ्जबाट ३ जना, भीम अस्पताल भैरहवाबाट २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, आइसोलेसन सेन्टर मान्माबाट २४ जना, दुल्लु अस्पताल दैलेखबाट ७ जना, तारतांग आइसोलेसन सेन्टर दैलेखबाट १ जना, प्रादेशिक अस्पपाल सुर्खेतबाट २ जना रहेका छन् ।
डिस्चार्ज हुनेमा ८ महिला र १०९ पुरुष छन् । यो सँगै निको हुनेको संख्या १ हजार १५८ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख २३ हजार ५१९ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार १८३ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ४३ हजार ७३८ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ५३१ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले १९ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: २ असार २०७७, मंगलवार १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु