धुलिखेल नगरपालिकाले पर्यटन उद्योग, व्यापार, व्यवसायीहरुलाई लकडान अवधिको व्यवसाय कर नलिने
धुलिखेल नगरपालिकाको महत्वपूर्ण निर्णय
धुलिखेल । धुलिखेल नगरपालिकाले आफ्नो नगरपालिका भित्रको सबै पर्यटन उद्योग, व्यापार, व्यवसायीहरुलाई लकडान अवधिको व्यवसाय कर नलिने निर्णय गरेको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख अशोक व्याञ्जुले बताउनुभयो । धुलिखेल नगरपालिकाको उक्त निर्णयले त्यस नगरपालिका मा व्यवसाय गर्नेहरुलाई राहत मिलेको छ । उक्त बैठकले व्यवसायहरूले लकडाउ भन्दा अगाडिको कर असार मसान्तसम्म तिरेमा उक्त समयमा लाग्ने जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ ।
साथै धुलिखेल नगरपालिकाले अर्को महत्वपूर्ण निर्णय गर्दै नगरपालिकामा बसोबास गर्ने ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु र ६० वर्ष माथिका सबै दलित परिवारको पचास हजार सम्म कोरोना विमा गर्ने निर्णय आजको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । उक्त निर्णयको बारेमा नगरप्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २ असार २०७७, मंगलवार २२:०० बजे