काभ्रेमा ट्रिपरको ठक्करबाट दुई जनाको घटना मृत्यु
धुलिखेल । धुलिखेल नगरपालिका वडा नं २ रविओपिमा बुधबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक चालक ५० वर्षिय बेदप्रसाद कोइराला र ५५ वर्षिय गोबर्दन कोइराला रहेका छन् ।
बुधबार दिउँसो बा ४ ख ६३८६ नम्बरको टिपरले बा ३६ प ५०५२ नम्बरको मोटसाईकललाई ठक्कर दिँदा दुवैको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
मृतक दुबै जनाको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: १७ असार २०७७, बुधवार २१:०५ बजे