२३ मंसिर २०८१, आइतवार

प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा निस्किए युवा

बनेपा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज बनेपामा पनि युवाहरुले प्रदर्शन गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीका सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवाहरुले प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै काभ्रेको बनेपा स्थित चारदोवाटोमा पनि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले आजलाई होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई,‘सरकार ढाल्न पाइँदैन’ जस्ता नाराहरु लगाएका थिए ।

युवाहरुले भारतको इशारामा प्रधानमन्त्री विरोधी काम भएको भन्दै त्यसो नगर्न नृतृत्वलाई चुनौती दिएका थिए । प्रधामन्त्रीका केही कमीकमजोरी भए त्यसलाई सुधारेर जानुपर्ने तर पदबाट हटाउन नहुने उनीहरुको भनाई थियो । देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: १८ असार २०७७, बिहीवार २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु