२ माघ २०८१, बुधवार

राम जन्मभूमिका विषयमा ऐतिहासिक तथ्यहरूको पुरातत्त्व विभागले अध्ययन गर्ने

काठमाडौँ । पुरातत्त्व विभागले रामजन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको एक कार्यक्रममा राम जन्मभूमि अयोध्या नेपालमा रहेको धारणा सार्वजनिक गर्नुभएपछि यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल र बहस प्रारम्भ गरेको छ ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भन्नुभयो, “अयोध्याको विषयमा प्रारम्भिक छलफल प्रारम्भ गरेका छौँ ।” उहाँले इतिहासकार, खोज र अनुसन्धानकर्ताहरूसँग यस विषयमा छलफल अगाडि बढाइने बताउनुभयो । सोही विषयलाई लिएर नेकपाका नेता वामदेव गौतमले राम जन्मभूमि अयोध्याको विषयलाई प्राविधिक तथा इतिहासविद्हरूमार्फत् अयोध्याको विषयमा अनुसन्धान र तथ्य सङ्कलन गर्नुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति: ३१ असार २०७७, बुधवार २२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु