अख्तियार प्रमुख नवीन घिमिरेलाई कोरोना पोजेटिभ देखियो
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए ।
उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।
अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए पनि उनीहरूको रिपोर्ट आउन बाँकी छ ।
प्रकाशित मिति: २७ साउन २०७७, मंगलवार २१:४४ बजे











