२३ वैशाख २०८३, मंगलवार

रचनाकार राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षमा निधन

काठमाडौँ । “गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त नेपाल”राष्ट्रिय गीत रचनाकार राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षमा निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो । केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो । बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलवार १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु