५ माघ २०८१, शनिवार

पार्कहरुको शहर धुलिखेल(फोटो फिचर)

धुलिखेल । धुलिखेल नगरपालिकाले स्थानीय तहको निर्वाचन पछाडि आफ्नो मुहार फेरिरहेको छ सुन्दर शान्त र रमणीय पर्यटकीय नगर धुलिखेलले सम्पूर्ण वडाहरुमा पार्कहरु निर्माण गरी सुन्दर नगरको रुपमा बिकास गरिरहेको छ ।

स्थानीय तह निर्वाचन पछि निर्वाचित जनप्रतिनिधि नगर प्रमुख अशोक व्याञ्जुले धुलिखेलमा निर्वाचनको घोषणा पत्रमा उल्लेख भए बमोजिमको विभिन्न योजनाहरु मध्य धुलिखेल नगर लाई पार्कहरुको सहर बनाउने योजना अनुरुप नै कामहरु भइरहेको नगर प्रमुख अशोक व्याञ्जुले बताउनु भयो ।
धुलिखेल नगरपालिकाको सबै वडाहरुमा पार्कहरु निर्माण गरिएको छ ।
धुलिखेल नगरपालिकाको सबै वडाहरुमा पार्कहरु निर्माण निर्माण भइरहेको छ । धुलिखेल नगरपालिकाको सरस्वती बजारमा पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । जुन नगरको आकर्षणको रुपमा रहेको छ भने धुलिखेल हजार सिडि माथिको देवीथान पार्क निर्माणको चरणमा रहेको छ । धुलिखेल नगरपालिकाको १ वडा देखि १२ वडामा आकर्षक पार्क निर्माण भइरहेको छ । त्यस्तै धुलिखेल नगरपालिकाले विभिन्न वडामा यस आर्थिक वर्ष सम्म ४० वटाभन्दा बढी पार्क निर्माण गरिसकेको छ । जस्मा धुलिखेल ४ नं वडा मा बखुन्डोल पार्क निर्माण भइरहेको छ ।
धुलिखेल ८ नं वडामा सुर्योदय पार्क निर्माण गरिएको छ ।
देविस्थान पार्कसँगै बलभद्र कुँवरको शालिक सहितको पार्क निर्माण गरिएको छ । 
धुलिखेल नगरपालिकाको वडा नं ९ काभ्रेमा मदन भन्डारीको सलिक सहित पार्क निर्माण गरिएको छ।
धुलिखेल नगरपालिका वडा नं ५ श्रीखण्डपुरमा बाल मैत्रीपुर्ण पार्क निर्माणकार्य सम्पन्न भएको छ ।
खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सँगसँगै पर्यटन पहिलो प्राथमिकतामा राख्दै पर्यटकहरुका लागि विभिन्न स्थानमा पार्क निर्माण गर्ने र बालबालिकाहरुका लागि बालमैत्री नगर घोषणा गरी १२ वटै वडामा प्रत्येक वर्ष १/१ वटाका दरले पाँच वर्षमा ६० वटा पार्क निर्माण गर्ने र नगर स्तरीय पार्क निर्माणको कार्य सुरु भएको छ । तीन वर्षमा नगर भित्र ४० वटा पार्क निर्माण भईसकेका छन् ।

गत आर्थिक वर्ष भित्र ४० वटा पार्क निर्माण सम्पन्न भएका छन् । नगर स्तरीय ५ वटा पार्क निर्माण सम्पन्न भएका छन् । नगरको अग्लो स्थान तथा पर्यटकहरुका लागि आर्कषक मानिएको काभ्रेकोट देविस्थान डाँडा धुलिखेल नगरपालिका वडा नम्वर ८ मा ४ करोड लागत इस्टमेटमा पार्क निर्माणको कार्य सकिएको छ ।


प्रकाशित मिति: २ भदौ २०७७, मंगलवार २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु