३ फागुन २०८१, शनिवार

धुलिखेल नगरपालिकाले थप १ हजार जनाको स्वाब परिक्षण गर्ने

धुलिखेल । धुलिखेल नगरले थप १ हजारको स्वाब परिक्षण गर्ने भएको छ । यस अघि धुलिखेल नगरपालिकाले एक हजार जनाको स्वाब परिक्षण गरिसकेको छ । धुलिखेल नगरपालिकामा समुदायमा कोरोना संक्रमण बढेसँगै सर्वसाधारण नागरिकलाई मास टेस्टिङ्ग रुपमा १ हजार जनाको स्वाब संकलन गरी परीक्षण गर्न लागेको जानकारी नगर प्रमुख अशोक ब्याञ्जुले दिनुभयो ।

यस अघि धुलिखेल नगरपालिकाले नगर क्षेत्रको सम्पूर्ण वडाहरुमा प्रतिनिधित्वको रुपमा नागरिकहरूको स्वाब संकलन गरी कोरोना परीक्षण गरेको थियो ।

धुलिखेल नगरपालिकाले वडा नम्वर ९ को काभ्रे भन्ज्याङमा एउटै टोलमा एकै पटक २५ जनामा कोरोना संक्रमण देखिएपछि नगरले कोरोना परिक्षणका लागि मास टेस्टिङ्ग गरेको छ । भदौ २४ गते २५ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले मास टेस्टिङ्ग गरेको हो । उक्त टोलमा १ सय ३५ जनामा कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको र अब थप १ हजार जनाको कोरोना परीक्षण गरिने नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ३० भदौ २०७७, मंगलवार ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु