५० बेडको आइसोलेसन ब्यबस्थापन नगर आफैले गर्दै

धुलिखेल । धुलिखेल नगरपालिकाले कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेकोहरुलाई दैनिक प्रयोगकालागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । साथै धुलिखेल नगरपालिकाको आइसोलेसन वार्डमा रहेका बिरामी हेर्न नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी उपप्रमुख बिमला शर्मा लगायत जानुभएको थियो ।
आइसोलेसन वार्डमा रहेका बिरामी हेर्न जाँदा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले आइसोलेसनमा रहेका कोरोना पुष्टि भएकालाई दैनिक प्रयोग गर्ने सामग्री बितरण गर्नुभएको छ ।
धुलिखेल नगरपालिकाले तयार पारेको ५० बेडको आइसोलेसन वार्डमा राखेर कोरोना सङक्रमितको उपचारसमेत सुरु गरिएको नगरपालिकाले जनाएको छ । धुलिखेल नगरपालिकाले निर्माण गरेको ५० बेडको आइसोलेसन वार्ड ब्यवस्थापन आफैं गरीरहेको छ ।
धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जूले यसअघि नगरले तयार पारेको १०० बेडको क्वारेन्टाइनमध्ये ५० बेडलाई आइसोलेसन बनाएको बताउनुभयो । उहाँका अनुसार नगरले आइसोलेसन वार्डका लागि चाहिने आवश्यक अक्सिजन, स्वास्थ्यकर्मी र बिरामीहरूको उपचारका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरू तयार गरेको छ । उक्त आइसोलेसन वार्डमा राखेर कोरोना सङ्क्रमितहरु लाई दैनिक प्रयोग गर्ने सामग्रीहरू पनि वितरण गरेको छ ।
प्रकाशित मिति: ३० भदौ २०७७, मंगलवार ०८:२६ बजे