१२ माघ २०८१, शनिवार

काभ्रेमा ६२ सैनिकमा सङ्क्रमण

काभ्रे । पाँचखाल नगरपालिकामा रहेको वीरेन्द्र सैनिक तालिम केन्द्रका ६२ सैनिकमा कोरोना सङक्रमण पुष्टि भएको छ । शान्ति सेनाका लागि तालिममा आएका सैनिकमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । त्यस्तै पाँचखाल कै पाँच, धुलिखेल नगरपालिकाका दुई र बनेपा नगरपालिका एक सर्वसाधरणमा पनि कोरोना पोजेटिभ भेटिएका स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार एकै दिन थपिएका ७० सङक्रमित सहित काभ्रेका ५३९ पुगेको छ ।
काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या छ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । भुम्लु गाउँपालिका वडा न २ सिम्थलीकी महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखापत्र अनलाइनबाट

प्रकाशित मिति: ६ असोज २०७७, मंगलवार १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु