नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी एकताको काम १० दिनभित्र सक्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।
आज प्रधानमन्त्री निवासबालुवाटारमा बसेको बैठकले पार्टी एकताको काम १० दिनभित्र सकाउने निर्णय गरेको छ । पार्टी एकताका बाँकी काम सक्ने गरी १० दिनभित्र अध्यक्ष र महासचिवले प्रस्ताव ल्याउने र त्यसपछि सचिवालयले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यस्तै, बाँकी रहेका विविध एजेन्डामा केही दिन भित्र बैठक बसेर छलफल र निर्णय गर्ने सहमति भएको छ । आजको बैठकमा मन्त्रिपरिषद पुनरगठनको बिषयमा भने छलफल नभएको श्रेष्ठले जनाए ।
आइतबार पेरिसडाँडामा सुरु भएको बैठक सोमबार स्थगित भएको थियो ।
प्रकाशित मिति: ६ असोज २०७७, मंगलवार १७:५१ बजे