१२ माघ २०८१, शनिवार

स्व. राजन कोइरालाको स्मृतिमा सालिक सहितको पार्क अनावरण र शोक काव्य बिमोचन

धुलिखेल । धुलिखेल नगरपालिका वार्ड न २ रबि को निर्वाचित वडा अध्यक्ष स्व राजन कोइराला स्मृति पार्क सिलान्यास तथा शोककाव्य बिमोचन गरियो । २२ लाख को लागतमा निर्माण भएको छ ।
धुलिखेल नगरपालिका वडा नं २ का लोकतान्त्रिक गणतन्त्र पछि निर्वाचित पहिलो वडा अध्यक्ष स्व राजन कोइरालाको शालिक अनावरण तथा स्व राजन कोइराला स्मृति पार्क सिलान्यास धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गर्नुभयो ।
धुलिखेल नगरपालिका वडा नं २ रविका वडा अध्यक्ष ,सामाजिक अभियन्ता एवं जनप्रिय व्यक्ति स्व राजन कोइराला रहस्यमय मृत्यु भएको थियो । स्वर्गीय वडा अध्यक्ष कोइराला माथी २०७४ साल भादै ५ गते अज्ञात समुहले आक्रमण गरेका थिए । आक्रमण पछि घाईते हुनुभएका अध्यक्ष कोइरालाको उपचारको क्रममा भदौ ९ गते निधन भएको थियो । हाल सम्म पनि उक्त घटनाको अनुसन्धान भइरहेको छ ।
आज एक कार्यक्रमका बीच धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले स्व राजन कोइरालाको शालिक अनावरण तथा स्व राजन कोइराला स्मृति पार्क सिलान्यास र शोक काव्य बिमोचन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले स्व राजन कोइरालाले लिनुभएको लक्ष्य अनुरुप धुलिखेल नगरपालिका २ नं वडा लाई विकासमा अगाडि बढाएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा नगर उपप्रमुख बिमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरुको उपस्थित रहेको थियो । स्व राजन कोइराला स्मृति पार्क रु.२२ लाख को लागतमा निर्माण भएको पार्क निर्माण उपभोक्ता समितिले जनाएको छ ।

प्रकाशित मिति: १५ असोज २०७७, बिहीवार २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु