काभ्रेमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित मध्ये हाल सम्म ४४५ जना डिस्चार्ज

काभ्रे । काभ्रेमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपाका ८ जना महिला र १० जना पुरुष,धुलिखेल नगरपालिकाका ३ पुरुष र मण्डनदेउपुर नगरपालिकाका १ पुरुषमा संक्रमण देखीएकोे स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
यो संगै जिल्लामा संक्रमितको संख्या ६६० पुगेको छ । यस्तै जिल्लाका संक्रमित मध्ये आज मात्र १२ जना उपचार पछि निको भएका छन् । जिल्लाका कुल संक्रमित मध्ये हाल सम्म ४४५ जना निको भईसकेका छन् ।
उनीहरुमध्ये १७३ जना महिला र २७२ जना पुरुष रहेका डाक्टर झाले बताउनुभयो । अझै जिल्लामा २०९ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये अस्पताल आईसोलेसनमा १३८ जना र होम आईसोलेसनमा ७१ जना रहेकाे जानकारी दिनुभयो ।
प्रकाशित मिति: १५ असोज २०७७, बिहीवार २१:२१ बजे