बालमैत्री स्थानिय शासन कार्यान्वयनको जिम्मेवारी तिनै तहको सरकारको हो: अशोक व्याञ्जु
धुलिखेल । धुलिखेल नगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन कार्यान्वयनको प्रगति समिक्षा तथा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयनमा धुलिखेल नगरपालिकाले हालसम्म ६ वटा वडाहरुलाई बालमैत्री घोषणा गरेको छ साथै यस नगरको बाँकी ६ वटा वडाहरू लाई पनि यसै आर्थिक वर्षभित्रमा बालमैत्री घोषणा गर्ने तयारी अनुरुप काम गरेको कुरा उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाले गरेको कामको प्रगति प्रतिवेदन पेश गर्ने क्रममा दिएको छ । धुलिखेल नगरपालिकाले आयोजना गरेको कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय , धुलिखेल नगरपालिकाको वडा अध्यक्षहरु , प्रमुख प्रशासकीय अधिकृत,नगर शिक्षा साखा प्रमुख,बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, सिर्जनशिल समाज नेपाल , शिक्षक प्रतिनिधि,काभ्रे जिल्लाको बालसंजालका पुर्व पदाधिकारी ,नगर बाल संजाल पदाधिकारी र सरोकारवाला सहित कार्यक्रम सञ्चालन भयो ।
उक्त कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुले बालमैत्री स्थानीय तह घोषणा गर्न तीनै तहबीच समन्वय आवश्यकता रहेको कुरा बताउनु भयो । बालमैत्री घोषणा गर्न संघिय सरकार र प्रदेश सरकारले नीति सहित स्थानीय तहमा वजेट समेत दिनुपर्ने त्यसोभएमा सबै स्थानीय तह बालमैत्री घोषणा गर्न सकिने कुरामा नगर प्रमुख अशोक ब्याञ्जुले जोड दिनुभयो । बालमैत्री स्थानिय शासन कार्यान्वयनको जिम्मेवारी तिनै तहको सरकारको हो ।
उक्त कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव डिलाराम पन्थीले परिमार्जन हुन लागेको सुचकहरुको बारेमा जानकारी दिनुभयो ।
साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उप सचिव कृष्ण प्रसाद भुषालले उक्त मन्त्रालयले गरेको कामका बारेमा जानकारी दिनुभयो ।
धुलिखेल नगरपालिकाको वडा अध्यक्षहरुले बालमैत्री वडा घोषणामा आएका समस्या र अनुभव आदानप्रदान गरिएकाे थियाे । धुलिखेल नगरपालिकाको आयोजना गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयनको प्रगति समिक्षा तथा सरोकारवालासँग छलफल कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्चका अध्यक्ष सिर्जनशिल समाज नेपालका प्रतिनिधि लगायतले सुझाव दिएका छन् ।
प्रकाशित मिति: १५ असोज २०७७, बिहीवार २१:४५ बजे