धुलिखेल नगरपालिकामा स्वास्थ्य संस्था निर्माणमा अपुग जग्गा दान
धुलिखेल । धुलिखेल नगरपालिका वडा नं.६ स्वास्थ चौकीको भवन निर्माण गर्न नपुग जग्गा स्थानिय समजसेवी हरिओम चोच्छेले बाट उहाँको बुवा स्व.देब सुन्दर चोच्छेको स्मृतिमा निशुल्क प्रदान गर्नु भएको छ ।
धुलिखेल नगरपालिकाको ‘स्वस्थ शहर ‘ निर्माणको सपना पुरा गर्न नगरपालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना भएको छ ।
स्वास्थ चौकीको भवन निर्माण गर्न नपुग जग्गा प्रदान गर्ने स्थानिय समजसेवी हरिओम चोच्छेलाई नगर प्रमुख अशोक ब्याञ्जुले धन्यवाद व्यक्त गर्नुभयो । आज
निर्माणधिन आधारभुत शहरी स्वास्थ केन्द्र को लागि अपुग जग्गा हरिओम चोच्छेले नगरपालिकाको कार्यालयमा नगर प्रमुख अशोक ब्याञ्जुलाई प्रदान गर्नुभयो ।
प्रकाशित मिति: १९ असोज २०७७, सोमवार २१:१९ बजे