१८ असोज २०८१, शुक्रवार

तीन तहको सरकारले योजनाबद्ध शहरी विकास गर्नु पर्छ : अशोक व्याञ्जु

काठमाडौँ । शहरी विकासको क्षेत्रमा योजनाबद्ध तरिकाले तिनै तहको सरकारले काम गर्नुपर्ने कुरा धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुले बताउनुभयो । विश्व वसोवास दिवस २०२० को अवसरमा “सबैको लागि आवास सम्बृद्ध शहरको विकास” भन्ने मूल नाराका साथ शहरी विकास मन्त्रालय र UN Habitat को संयुक्त आयोजनामा आयोजित Virtual Webinar मा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुले ” शिक्षाले मात्र हुँदैन भावनात्मक रुपमा पनि नभएर सामाजिक हाम्रो भौगोलिक स्थिति स्रोतसाधन विद्यमान कानुनको प्रयोग गरी शहरी विकासमा काम गर्नुपर्ने ” कुराको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।

नेपालमा एक सय वटा स्मार्ट शहर निर्माण गर्नुपर्ने कुराको बारेमा आफ्नो धारणा सार्वजनिक गर्नु भयो । साथै उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुले १८१ नगरमा योजनाबद्ध तरिकाले शहरी विकासमा काम अगाडि बढाउन सकिन्छ भने करा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: १९ असोज २०७७, सोमवार २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु