२८ जेठ २०८२, सोमवार

पूर्व सञ्चारमन्त्री बास्कोटालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा तथा उहाँको श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको छ । दश दिन यता आफू कसैलाई नभेटेको पनि उहाँले जानकारी गराउनुभएको छ ।
पूर्व मन्त्री बाँस्कोटाका अनुसार उहाँको दुवै छोराको रिपोर्ट नेगेटिभ आएको छ । विहिबार सामाजिक सञ्जाल ट्वीटमार्फत बास्कोटाले सो जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, “मलाई पनि पोजेटिभ देखियो । तर राम्रो के भने वितेको दश दिन यता मैले कसैलाई भेटेको छैन ।”
पूर्वमन्त्री बाँस्कोटाले श्रीमती मानन्धरको रिपोर्ट पनि पोजेटिभ आएको भन्दै अगाडि लेख्नुभएको छ, “मलाई त लक्षण विनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित । दुवै छोरालाई नेगेटिभ देखिनु चाहीं धेरै राम्रो । सुरक्षित रहौं ।”

प्रकाशित मिति: ६ कात्तिक २०७७, बिहीवार १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु