नेपालमा थप तीन हजार ६३७ सङ्क्रमित थपिए, सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल ४४ ह्जार ८७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
क्वारेन्टिनमा तीनहजार ७५१ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा २९० जना आइसीयू र ७७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।
प्रकाशित मिति: ६ कात्तिक २०७७, बिहीवार १७:०० बजे