२५ असोज २०८१, शुक्रवार

कोरोना विमाको भुक्तानी एकहप्ता भित्र दिन विमा कम्पनीलाई निर्देशन

काठमाडौं । विमा समितिले कोरोना विमाको भुक्तानी एक हप्ता भित्र दिन विमा सम्पनीहरुलाई निर्देशन दिएको छ । विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थमन्त्रालयले कोरोना विमाको रकममा भुक्तानी चाडो भुक्तानी दिन निर्देशन गरे सँगै समितिले विमा कम्पनीलाई उक्त निर्देशन दिएको बताउनुभयो ।

कोरोना विमाको भुक्तानी लागि सबै कागजात पेस गरे पनि समयमा भुक्तानी नपाएको जनगुनासो आएपछि समय तोकेर निर्देशन दिएको कार्यकारी निर्देशक पौडेलले गोरखापत्र अनलाइनलाई बताउनुभयो । कोरोनाको विमा वापतको भुक्तानी सबै विमा कम्पनीबाट अब एक हप्ता भित्र पाउने उहाँले बताउनुभयो । दसैंमा कार्यालय बन्द भएको कारण भुक्तानी नपाएका सबैले छिट्टै भुक्तानी पाउने उहाँले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट

प्रकाशित मिति: १८ कात्तिक २०७७, मंगलवार २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु