२५ जेठ २०८२, शुक्रवार

काभ्रेमा थप ५४ नयाँ संक्रमण थपिए,

काभ्रे । काभ्रेमा आज थप ५४ जनालाई कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ११ महिला १५ जना पूरुष, धुलिखेल नगरपालिकाबाट ७ महिला ४ पुरुष, पाँचखाल नगरपालिकामा ३ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालीकाबाट ४ पुरुष, नमोबुद्ध नगरपालिकामा २ पुरुष, पनौती नगरपालिकामा ५ पुरुष १ महिला र रोशी गाउंपालिकाबाट १ पुरुष गरी ५४ जनालाई कोरोना पुष्टि भएको छ ।

काभ्रेमा आजसम्म १८२९ जनामा कोरोना पोजेटिभ देखिएकोमा १२६४ जनालाई निको भएको छ । सक्रिय संक्रमित ५४२ जना, अस्पताल र होम आईसोलेसनमा रहेर उपचार हुंदै छ भने मृतकको संख्या २३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी दिए ।

प्रकाशित मिति: १८ कात्तिक २०७७, मंगलवार २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु