धुलिखेल नगरपालिकाद्वारा सञ्चालित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

धुलिखेल । धुलिखेल नगरपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रम नगर प्रमुख अशोक ब्याञ्जुले बिहीबार समापन गर्नु भएको छ ।
हिंसा अन्त्यको प्रतिबद्धता :व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नारालाई आत्मसाथ गर्दै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईएको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु र नगर उपप्रमुख बिमला शर्माको उपस्थितमा समापन भएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले हिंसा रहित समाज निर्माण गर्न सबै एक जुट भएर काम गर्ने र समाजमा देखिएका भन्दा नदेखिएका हिंसा बढी रहेको बताउँदै हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले महिला सशक्तिकरणका कुरामा धुलिखेल नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । अब गोष्ठी, भाषण सेमिनार लगायतका कुराले मात्रै महिला सशक्तिकरण नहुने भन्दै उनले उद्यमशिलतालाई जोड दिनुपर्ने कुरा बताउनु भयो ।
धुलिखेल नगरपालिका बालमैत्री ,महिलामैत्री, वातावरणमैत्री नगर बनाउन नीति तथा कार्यक्रममार्फत कार्ययोजना तयार पारेर कार्यान्वयनमा गएको अशोक व्याञ्जुले बताउनुभयो । यस्तै उपप्रमुख एवं नगरपालिकाको न्यायिक समिति संयोजक बिमला शर्माले हिंसामा परेका महिलालाई संरक्षणका लागि नगरपालिका क्रियाशिल भएको बताउनुभयो ।
उक्त कार्यक्रममा नगर महिला परिषद को उपाध्यक्ष को पनि उपस्थित रहेको थियो ।
प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीवार २०:१३ बजे