नगरपालिकाको सम्पुर्ण कर आफ्नै मोबाईलबाट तिर्न सकिने

धुलिखेल । धुलिखेल नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने नगरको योजना अनुरुप नगरपालिकामा तिर्नु पर्ने सम्पतिकर,व्यवसायकर,घर बहाल कर लगायतका कर अनलाईन प्रणाली मार्फत भुक्तानी गर्ने प्रयोजनका लागि धुलिखेल नगरपालिकाले संचालन गर्न लागेको E-payment system को समुद्घाटन भयो । यो संगै धुलिखेल नगरपालिका कर अनलाइनबाट लिने नेपालकै दोस्रो नगरपालिका भयो । आज एक कार्यक्रमका बीच नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिकालाई तिर्नुपर्ने सम्पूर्ण कर E-payment system बाट तिर्नको लागि शुरुवात गर्नु भएको छ ।
उक्त सेवाको उद्घाटन नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको छ । ब्याञ्जुले नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने नगरको योजना अनुरुप नगरपालिकामा तिर्नुपर्ने सम्पति कर, व्यवसाय कर, घर बहाल कर लगायतका कर अब अनलाईन प्रणाली मार्फत भुक्तानी गर्न सकिने बताउनु भयो । नगरपालिकाले संचालन गर्न लागेको E-payment system बाट नगरपालिकामा तिर्नुपर्ने राजश्व अनलाईन प्रणाली मार्फत भुक्तानी गरि समय र प्रविधिको सदुपयोग गर्न नगरबासीहरुलाई आग्रह गर्नु भएको छ । समयको बचत, छिटो छरितो सेवा भएकाले प्रविधी अनुसार चल्नुपर्ने बताउनु भयो । केहि समय नगरबासीहरुलाई गाह«ो भएमा समन्वय र सहजीकरण गरी प्रविधीमा जोडिने बताउनु भयो । नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागी नेपालमै पहिलो पटक २ वर्ष अगाडी मोबाईल्स एप्स संचालन, प्रत्येक वडामा नगरपालिका सफ्टवेयर मार्फत सिसिटिभी, फ्रि वाईफाई, संचालन गरेको र छिटै युट्युब मार्फत नगरका विकासका गतिविधि राखिने ब्याञ्जुले बताउनुभयो । नगरका १२ वटै वडा डिजिटल प्रबिधिमा जोडिन लागेकाले नगरपालिकाले ८ वडामा फाईबर पु¥याएको र बाँकी वडामा छिट्टै पु¥याउने बताउनु भयो । नगरपालिकाले ३ वटा कम्पनी Connect Ips, E-sewa/Khalti डिजिटल वालेट मार्फत भुक्तानी गर्न सकिने नगरप्रमुख ब्यान्जुले वताउनु भयो । नगरपालिका संघले अन्य नगरपालिकामा समेत उक्त सेवा शुरु गर्न तयारी गरेकाले समय र प्रविधी अनुसार चल्दै जानुपर्ने बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख विमला शर्माले जननिर्वाचित भएपछि जनताका कामहरु कसरी छिटो गर्न सकिन्छ भन्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको बताउनुभयो । विकासको गति सँगै प्रविधिको समेत प्रयोग गरी जनताका कामहरुलाई प्राथमिकतामा राखेको शर्माले बताउनु भयो । कार्यक्रममा नगरपालिका प्रवक्ता तथा वडा अध्यक्ष पुष्पराज राउत, निमित्त प्रमुख धनबहादुर बस्नेत, कम्पनीका तर्फबाट आशिष गौतम लगायतका ब्यक्तिहरुले सेवाका बारेमा मन्तब्य राख्नु भएको थियो । संघीय सरकार अन्य संघ संस्था हुदै स्थानीय सरकारमा सेवा शुरु भएकोमा कम्पनीलाई धन्यबाद दिएको थियो । कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य, पत्रकार, नेपाल क्लियरिङ्ग हाउसका ई–सेवा तथा खल्ती, प्रदायक संस्था सांग्रिला, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीवार २०:२५ बजे