नयाँ युवा नयाँ सोच नेपालको धुलिखेलमा रक्त
धुलिखेल । “परिवर्तित युवा; परिवर्तित सोच; परिवर्तित राष्ट्र” भन्ने मुल नाराका साथ २०७७ साल पुस ०४ गते शनिबारका दिन “नयाँ युवा नयाँ सोच सेवा समाज नेपाल , जिल्ला इकाई काभ्रे” र “नयाँ युवा नयाँ सोच नेपाल” को संयुक्त आयोजनामा धुलिखेलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धुलिखेल अस्पताल तथा काठमाडौं विश्वविद्यालयको संयुक्त प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३७ भन्दा वढि व्यक्तिले रक्तदान गरि कार्यक्रमलाई भव्यताका साथ सफल बनाएका छन् ।
धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा “नयाँ युवा नयाँ सोच सेवा समाज नेपाल जिल्ला इकाई काभ्रे” का अध्यक्ष सुजन खत्रिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।
“युवा भनेको देशलाई एउटा मार्गदर्शन गर्ने बलियो आधार हुन् ।” यसरि जागरुक भई सक्रियताका साथ विभिन्न समस्या परेका विभिन्न क्षेत्रमा कार्यक्रम गरिरहँदा युवा पुस्तामा पनि एक जाँगरको भाव देखिएको , कार्यक्रमलाई सम्बोधन गर्दै व्याञ्जुले बताएका छन् ।
युवा पङ्क्तिलाई स्थानिय तह देखि संघिय निकाय सम्म अघि सारेर काम कारबाहि गर्ने हो भने सम्पुर्ण विकास तथा समाज परिवर्तनले चाँडो गति लिनेछ । साथै यस्ता युवा लक्षित योजनाहरु लाई नगरपालिकाको तर्फबाट सधैं साथ र सहयोग रहने कुरा कार्यक्रमलाई सम्बोधन गर्दै व्याञ्जुले आफ्नो भनाई व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा युवाहरुलाई हौसला प्रदान गर्न धुलिखेल नगरपालिका उप-प्रमुख विमला शर्मा चौलागाईं ; धुलिखेल नगरपालिका वडा नं ६ का वडाध्यक्ष सञ्जय कोजु श्रेष्ठ ; युवा प्रतिनिधि रोमन श्रेष्ठ को समेत उपस्थिति रहेको थियो।
कोभिड -१९ को विषम परिस्थितिमा देश भरका स्वास्थ्य निकायहरुमा रगतको अभाव भएको स्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सचिव पवन गौतमले जानकारी दिएका छन् ।
कसैले दिएको एक थोपा रगतले भोलिका दिनमा गएर कसैको जिवन बाँच्न सक्छ । त्यसैले यो कोभिड-१९ को बेलामा विभिन्न स्वास्थ्य निकायहरुमा रगतको अभाव नहोस् भनेर कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभापति सुजन खत्रिले बताएका छन् ।
धुलिखेल नगरपालिका वडा नं ६ र लश कुश युवा क्लबको सहकार्यमा भएको कार्यक्रममा धुलिखेल जेसिस ; धुलिखेल जुनियर जेसिस र होटल आलिशान , धुलिखेलको सहयोग रहेको थियो ।




प्रकाशित मिति: ५ पुस २०७७, आइतवार ०८:२६ बजे











