६ चैत २०८१, बुधवार

नेकपा अध्यक्ष ओलीले भने– हामी पार्टी फुटाउँदैनौ, कसैलाई कारबाही पनि गर्दैनौं

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पारेका छन् । उनले अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउँन नचाहेको बताए ।

ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने– हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं । पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने मेरो घोषणाा हो ।

बैठकमा अ‍ोलीले १९७ सदस्यपछि थप्ने गरी ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

बैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले विधि र विचारमा केन्द्रित हुँदै सरकारका कामलाई पार्टीमार्फत् जनतामा लैजान र घेराबन्दीको चक्रब्यूहबाट सरकार नेतृत्वलाई जोगाउन आह्वान गरेका छ्न् ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलवार १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु