१२ वैशाख २०८३, शुक्रवार

काभ्रेमा ओली पक्षका युवाले गरे पार्टी कार्यालय कब्जा

काभ्रे । केन्द्रमा पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेमा केपी ओली पक्षका युवाले पार्टी कार्यालय कब्जा गरेका छन् ।

नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना,विपिन लामा,जेनिस लामालगायतका नेता पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए ।

उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई,अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र शर्मालगायतका युवाहरु समेत गएर कार्यालय कब्जा गरेका हुन् ।

नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि युवाहरुले पार्टी कार्यालय कब्जा गरी ताला लगाएका हुन् ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलवार १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु