प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक जारी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शुरुभएको छ । दिउँसो १ बजेकालागि बैठक आव्हान गरिए पनि बैठक २ बजे शुरुभएको केन्द्रीय सदस्य विष्णु रिजालले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अध्यक्ष ओलीले पार्टीलाई निरंकुश ढङ्गले अघि बढाएकाले पार्टीमा संकट पैदा भएको बताउनुभयो । संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएकोभन्दै उहाँले सो कदम निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम भएको आरोप लगाउनुभयो । प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिको प्रहार भएको पनि उहाँले आरोप लगाउनुभयो ।
प्रकाशित मिति: ७ पुस २०७७, मंगलवार १६:१० बजे