काभ्रे जिल्लामा पनि मनाइयो २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काभ्रे । “बहुप्रकोपिय विपदमा भूकम्पीय सुरक्षा साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मूल नाराका साथ २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको काभ्रे जिल्लाको धुलिखेलमा जिल्ला विपद व्यवस्थापन समितिद्वारा भूकम्प पछिको उद्दार कसरि गरिन्छ भन्ने बिषयमा सुरक्षा बलद्वारा डेमो प्रस्तुत गरि मनाइयो ।
काभ्रेमा आयोजित भूकम्पीय पुर्व तयारी सचेतना तथा कृत्रिम घटना अभ्यास कार्यक्रममा भूकम्प पछिको उद्दार कसरि गरिन्छ भन्ने बिषयमा सुरक्षाबलद्वारा डेमो प्रस्तुत गरिएको थियो साथै सो कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्दब केसी बिशेष अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु, प्रमुख जिल्ला अधिकारी शिबराम पोखेरल जिल्ला आयोजना कार्यन्वयन ईकाई प्रमुख सच्युत राज उप्रेती पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाज सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले नेपाल भुकम्पीय जोखिम भएको राष्ट्र भएकाले हरेक समय त्यसको जोखिम न्यूनीकरणको लागि सरकार निजी क्षेत्र समुदायको साझेदारी भुकम्प पछिको जोखिम न्यूनीकरणको लागि तयार रहन पर्ने कुरा बताउनु भयो । साथै उहाँले घर निर्माण गर्दा सबैले नगरपालिकाको नियम अनुसार काम गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति: २ माघ २०७७, शुक्रवार ११:१४ बजे